🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै

काठमाडौं, मंसिर १० । मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई मंसिर २० गतेदेखि बिक्री गर्न लागेको हो । 

यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।  यसमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिइकाई १० रुपैयाँको दरले उक्त योजना जारी हुने कम्पनीले जनाएको छ । कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन हुनेछ । 

मुक्तिनाथ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।