🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

त्रिशूली (नुवाकोट), ८ मङ्सिर : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन मातहतको प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा निर्माण गरिएको भगवती मन्दिर र नागरिक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूहका क्रियाकलाप नियन्त्रण गर्दै नागरिकको स्वतन्त्रता सुनिश्चित हुने कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीको ध्यानाकर्षण गराउनुभयो ।

\"\"

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर शनिबार जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित ‘नागरिक सहायता तथा सिसिटिभी मोनिटरिङ कक्ष’ भवनको उद्घाटन गर्दै । तस्बिर : रामहरि न्यौपाने/रासस

“समाजमा गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति तथा समूह एवम् सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध खरो रूपमा प्रस्तुत हुन प्रहरी सदैव तयारी अवस्थामा बस्नुपर्छ”, उहाँले भन्नुभयो, “कुनै किसिमको दबाब र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिबद्ध भएर आफ्नो साख जोगाउन लाग्नुहोस् ।”

सीमित स्रोत साधनबाट नै प्रहरीले आफ्नो शत्प्रतितशत योगदान दिने प्रयास हरदम जारी राखेकाले अभाव, दबाब र प्रभावमा नपर्नका लागि प्रहरी कर्मचारीलाई महानिरीक्षक कुँवरले सचेत गराउनुभयो ।

प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउनसक्ने विपद्जन्य घटना सबैको चुनौतीका रूपमा रहेको हुँदा त्यसको सामनाका लागि सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवाला निकायबीचको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरिहार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा चुनौती तथा जोखिमको विश्लेषण गरी ‘निर्वाचन सुरक्षा योजना’ निर्माण गर्न तथा कार्यान्वयनको निमित्त तयारी अवस्थामा रहन उहाँले मातहतको प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । 
–––