🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजदेखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ ।

ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । 

महोत्सवमा यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने छ । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।