• शुक्रबार-कार्तिक-३०-२०८१

एसिडिटीबाट राहत पाउन यी आयुर्वेदिक उपाय

 

खराब जीवनशैली, अस्वस्थकर खानपान र शारीरिक क्रियाकलापको कमीका कारण पछिल्लो समय मानिसमा एसिडिटीको समस्या बढेको छ । एसिडिटीलाई सामान्य समस्या मानेर मानिसहरु अक्सर बेवास्ता गर्छन् । तर लामो समयसम्म पेटमा बनेको ग्यासले तपाईको पेटलाई विस्तारै असर गर्दै पेटसँग सम्बन्धित अन्य समस्या सिर्जना गर्न सक्दछ । यति मात्र होइन एसिडिटीको समस्याले मृगौला र कलेजोलाई पनि असर गर्न सक्छ । जानौं, एसिडिटीको समस्याबाट छुटकारा पाउन केही आयुर्वेदिक उपाय :


अलैंचीको प्रयोग  : ४ देखि ५ वटा अलैंचीको बोक्रासँगै राम्ररी पिस्ने । यसलाई तातो प्यानमा राख्ने र कचौराले छोप्ने । अलैंचीको धूलो राम्ररी पाकेपछि यसलाई एयर टाइट कन्टेनरमा राख्ने । हरेक दिन  एक चिम्टी मुखमा राखेर चुस्न सकिन्छ । यसले एसिडिटीको समस्यामा राहत प्रदान गर्छ । 


किसमिस, धनिया र सौंफको पानी : ४ देखि ५ दाना किसमिस, एक सानो चम्चा सौंफ र आधा चम्चा धनिया दानालाई १०÷१२ घण्टासम्म भिजाउने र बिहान राम्रोसँग घोलेर यो पानीलाई पिउनु फाइदाजनक हुन्छ । पुरानो एसिडिटीको समस्यालाई हटाउन यो पानी निकै लाभदायी हुने गर्दछ ।

 
जौको पानी : करिब एक मुट्ठी जौ लिन सकिन्छ र यसलाई पानीमा हालेर उमाल्नुपर्दछ । यो पानीलाई करिब आधा हुनेगरी उमाल्नु पर्दछ । त्यसपछि समय समयमा यसरी जौको पानी पिउन सकिन्छ । यसले एसिडिटीको समस्याबाट छुटकारा दिलाउन मद्दत गर्दछ । (एजेन्सी)

प्रतिकृया दिनुहोस