सचिव बढुवाको दौडमा को–को ?
काठमाडौं । नेपाल सरकारको बिशिष्ठ श्रेणी सचिव पदमा बढुवा हुने लाइनमा २०७० सालमा सहसचिव बढुवा भएकाहरुका बिचमा प्रतिस्पर्धा रहेको छ । आगामी दुई वर्ष भित्र २०७०÷०७१ का सहसचिवहरू सचिवमा बढुवा भइसक्ने सूचीमा रहेका छन् । यो अवधिमा प्रशासन सेवातर्फ रिक्त भएका र हुने ९ सचिवमा बागमती प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्की, लुम्बिनीका महादेव पन्थ, गण्डकीका रघुराम विष्ट बढुवा भइसकेका छन् ।
सचिव विष्ट २०८२ जेठ २४ गते ५८ उमेर हदका कारण अवकाशमा जानेछन् । यहीकारण उनी करिव साँढे सात महिना मात्रै सचिवको जिम्मेवारीमा रहने छन् । त्यसपछि आगामी माघमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सचिव दिनेश भट्टराई अवकासमा जाँदैछन् । त्यसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारी सचिव बढुवा हुनेछन । त्यसपश्चात सचिव बढुवा हुने लाइनमा हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सहसचिव मदन भुजेल, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयकी प्रशासन प्रमुख रहेकी सहसचिव चन्द्रकला पौडेल रहेकी छिन् ।
उनीहरु पछि अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हरिहरभवनका प्रमुख शोभाकान्त पौडेल सचिव बढुवा हुने लाइनमा रहेका छन् । यसै आर्थिक वर्ष भित्र बरिष्ठ सहसचिवहरु भूपाल बराल, डण्डुराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव खगेन्द्रप्रसाद सुवेदी सचिव बढुवा हुने लाइनमा रहेका छन् । आगामी असार मसान्तसम्ममा प्रशासन सेवाकातर्फका आधा दर्जन सचिव रिक्त हुने भएका छन । यी स्थानमा बढुवा हुने लाइनमा वरिष्ठताको आधारमा क्रमशः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्री, सोही मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव वैकुण्ठप्रसाद अर्याल, इमनारायण श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली पनि सचिवमा बढुवा हुने लाइनमा रहेका छन् । आगामी मंसिर १३ गते इन्जिनियरिङ सेवातर्फ सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा हुँदैछन् । गेलाल अनिवार्य अवकाशमा गएसँगै इन्जिनियरिङतर्फ एक सचिव पद रिक्त हुनेछ । रिक्त सचिव पदका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सहसचिव एवम् पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख दिनानाथ मिश्र र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतकै खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेमध्ये एक जना सचिवमा बढुवा हुने जानकार स्रोतले बताएको छ ।
स्वास्थ्य सेवातर्फ डा. रोशन पोखरेल फागुन १२ मा घर जाँदैछन् । उनीसँगै मन्त्रालयकै अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह पनि ६० वर्षे उमेरहदका कारण घर जाने सूचीमा रहेका छन् । यी रिक्त दुई सचिव पदमा मन्त्रालयकै डा. विकास देवकोटा र डा. टंक बाराकोटीमध्ये एकजना सचिव अर्को अतिरिक्तमा बढुवा हुनेछन् । संघीय संसद सचिवालयका सचिव सुर्दशन खड्का आगामी २०८२ जेठ ३० मा अनिवार्य अवकाशमा जाने सुचीमा रहेका छन् ।
उनी अवकाशमा गएसँगै वरिष्ठताका आधारमा संघीय संसद सचिवालयमा कार्यरत सहसचिव सुरजकुमार दुरा, मनोजकुमार गिरी र हृदयराम महर्जनमध्ये एकजना सचिवालय सचिवमा बढुवा हुने तरखरमा लागेका छन् । विशिष्ट श्रेणीमा एउटा मात्रै दरबन्दी रहेको परराष्ट्र सेवातर्फ परराष्ट्र मन्त्रालयका सचिव सचिव सेवा लम्साल ५९ वर्षे उमेर हदका कारण आगामी जेठ ५ गते अनिवार्य अवकाशमा जानेछिन् । लम्साल अवकाशमा गएसँगै वरिष्ठताका आधारमा अमृतबहादुर राई बढुवाको लाइनमा छन् । लम्साल राजदुत सिफारिसमा परेकाले उनको संसदीय सुनुवाइ भएपछि राई परराष्ट्र सचिवमा बढुवा हुने स्रोतले बताएको छ ।
लेखापरीक्षण सेवातर्फ महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (सचिव) वामदेव शर्मा ५८ वर्षे उमेर हदका कारण आगामी २०८२ असार ६ मा अनिवार्य अवकाशमा जाँदैछन् । शर्मा अवकाशमा गएसँगै कार्यालयका सहसचिव घनश्याम पराजुली उपमहालेखपरीक्षक (सचिव) मा बढुवाको लाइनमा रहेका छन् । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६)

प्रतिकृया दिनुहोस