प्रहरीको बढुवामा ढिलाइले बढ्यो असन्तुष्टि
काठमाडौं । नेपाल प्रहरीमा ९ डीआईजी, २० एसएसपी, ३२ एसपीलगायतका पद रिक्त रहेको बताइन्छ । दुई डीआईजी पदबाट अवकास हुनु भन्दा अगाडि नै १४ कार्तिकमा दुई एआईजी बढुवाको लागि सिफारिस गरिएको थियो । प्रहरी हेडक्वार्टरले अन्य पदमा भने बढुवा प्रक्रिया अगाडि बढाएको छैन । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि गएको कार्तिक १४ गते सिफारिस गरिएको थियो ।
गृह मन्त्रालय बढुवा समिति सचिवालयको कार्तिक १४ गते राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको बताइन्छ । बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल रहेका छन् । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत रहेका छन् । डीआईजी दुर्गा सिंह पनि एआईजी बढुवाको प्रतिस्पर्धी रहेकी थिइन । तर, यसपटक भने उनी सिफारिसमा पर्न नसकेको स्रोतले जानकारी दिएको छ ।
आगामी मंसिर १७ गतेपछि उनी एआईजीमा बढुवा हुने संभावना रहेको स्रोतको दावी छ । हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्यले मंसिर १७ र २८ गते एआईजी भीम ढकालले अवकाश पाउँदैछन् । डीआईजी ढकाल सशस्त्र माओवादी विद्रोह हुँदा विचलित नभई काम गरेका अधिकृत मानिन्छन् । नेपाली सेना र सशस्त्र प्रहरी वलसँग संयुक्त टोली बनाएर उनी माओवादी युद्धलाई परास्त गर्न खटिएका थिए । उनको ब्याचले नै माओवादी युद्धको रापताप खेपेको बताइन्छ । मधेसमा कार्यरत रहँदा उनले भूमिगत सशस्त्र समूहसँग राम्रैसँग पौंठेजोरी खेलेको स्रोत बताउछ । गुरुङले पनि उस्तै गरी युद्धको सामना गरेका थिए ।
यस हिसाबले उनीहरूको थोरै दिनका लागि भएपनि एआईजी बढुवा दाबी गर्नु नाजायज नभएको स्रोतको भनाई रहेको छ । बढुवा समितिले उनीहरुलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको बताइन्छ । संभवत यसै साता बस्ने मन्त्रिपरिषद बैठकले एआईजी बढुवामा स्वीकृत गर्ने स्रोतले बताएको छ । दुई एआईजीको सिफारिस पछि ९ डिआईजी रिक्त भएको छ । अहिले २० एसएसपी पद रिक्त रहेको छ । नौ डीआईजीको बढुवापछि २९ एसएसपी रिक्त हुनेछन् । हाल ३२ एसपी पद रिक्त रहेको गृह स्रोतले जानकारी दिएको छ ।
रिक्त एसएसपीको बढुवापछि ४० एसपीको पद रिक्त हुनेछ । यसरी नै डीएसपी, निरीक्षकको पद पनि रिक्त हुनेछन । यी सबै रिक्त दरबन्दीमा माथिबाट बढुवा गर्दै जाने गृहकार्य प्रहरी प्रधान कार्यालय र मन्त्रालयले गरिरहेको बुझिएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर गएको २०८१ कात्तिक १८ गते इन्टरपोलको सम्मेलनमा भाग लिन बेलायत गएका थिए । त्यसकारण रोकिएको रिक्त ९ डीआईजी, २९ एसएसपी र ४० एसपीसम्मको बढुवा प्रक्रियालाई तत्काल अगाडि बढाउने गरी गृहकार्य भइरहेकोे बताइएको छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६)

प्रतिकृया दिनुहोस