दलहरूबीच एकता कि विभाजन
काठमाडौं । राजनीतिक वृत्तमा जति दल विभाजनका लागि चलखेल भइरहेको छ भन्ने चर्चा छ, त्यति नै फेरि एकताको पनि हल्ला पनि भइरहेको छ । पार्टी विभाजित हुने भएपछि त्यसबाट रोक्न र क्षति न्यूनिकरणको रणनीति पनि बन्न थालेको चर्चा हुने गरेको छ । उक्त चर्चा अनुसार अहिले विभाजनको खतरा रहेको दल भनेको एकीकृत समाजवादी (एस) पहिलो नम्बरमा चर्चित रहेको छ । हुन त कतिपयले माओवादीमा खतरा रहेको बताइरहेका छन् । तर, अहिले नै माओवादी भने जस्तो खतरामा देखिएको छैन । त्यसैले, एसले विभाजनबाट बच्न अनेक प्रयास गरिरहेको छ ।
विभाजनका लागि प्रधानमन्त्री केपी ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने प्रयास गरिरहेका छन् । उक्त अध्यादेश रोक्नका लागि माधव नेपालले निरन्तर रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरिरहेका छन् । त्यसैले, एक महिनाअघि आउने अवस्थामा रहेको दल विभाजन अध्यादेश अहिलेसम्म रोकिएको पनि चर्चा भइरहेको छ । अर्को प्रयास भने माओवादी केन्द्रसँगको एकताको विषय पनि उठेको छ । माओवादी र माधव नेपालको दल एसबीच एकता हुने भनेर केही समयदेखि निकै चर्चा भइरहेको छ । कतिपयले २०८१ कात्तिक ८ गतेभित्र एकता हुने चर्चा गरिरहेका थिए । त्यसको बलियो आधार भने देखिएन । यो कुरालाई माओवादी केन्द्रले बढी हल्ला गरेको पनि बताइन्छ ।
माधव नेपाल माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा नरहेको र उनले अहिलेकै जस्तो पार्टी चलाउन खोजेको बताइन्छ । कम्तीमा पार्टी विभाजन भएन भने अहिलेकै पार्टीलाई चलाउन सकिने बुझाइमा माधव नेपाल रहेका काराणले गर्दा असन्तुष्ट नेताहरुलाई सम्झाउने प्रयास पनि नगरेको एसभित्र चर्चा भइरहेको छ । उक्त चर्चाका बिचमा माओवादी केन्द्रसँग एकता गर्न संभव नभएको भन्दै माधव नेपालले आफ्नो कोर टीममा बताउने गरेका छन् ।
स्रोतहरुका अनुसार, माधव नेपालले प्रचण्डको विश्वास गर्न सक्ने अवस्था नभएको भन्दै आलोचना गर्ने गरेका छन्, त्यसैले माधव नेपाल एकताको विषयमा रुचीपूर्वक नलागेको बताइन्छ । तर, प्रचण्ड भने जसरी पनि एकता गर्ने र ४२ सीटको पार्टी बनाउने सोचमा रहेको पनि बताइन्छ ।
त्यसै कारण जनार्दन शर्मालाई घनश्याम भुसाललगायतका नेताहरुसँग छलफल गर्न पनि लगाएको बताइएको छ । केही दिनअघि भुसाल र शर्मावीच भेटघाट भएको थियो ।
माओवादीभित्र चाहिँ अहिले माधव नेपालभन्दा पहिला पूर्वमाओवादी नेताहरुलाई भित्र्याउने प्रयास पनि भइरहेको छ । शर्मा र वर्षमान पुनले रोकेको भन्दै विप्लवको विषयमा पहिलादेखि नै आलोचना भइरहेको थियो । विप्लव पहिला नै माअोवादीमा आउन तयार भएपनि पुन र शर्माले रोकेका कारणले विप्लव बिच्किएको आरोप छ । तर, शर्मा भने पछिल्ला दिनमा विप्लवसँग सम्बन्ध सुधारको प्रयास रहेका छन् । अनि, सार्वजनिक रुपमा पनि प्रचण्डमाथि दबाब बढाउने गरी पूर्वमाओवादीहरु मिल्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । माओवादीले ससाना पार्टीलाई यसरी एकताको प्रयासमा ल्याउने प्रयास गरेको भएपनि मूर्तरुप भने लिन सकेको छैन ।
स्रोतका अनुसार, २०८१ कात्तिक ८ गते अघि नै एस र माओवादीवीच एकता हुने चर्चा थियो । तर, नेताहरुले एकताको विषयमा गम्भीरतापूर्वक छलफल भएको भनेर बताउन पनि सकेका छैनन् । हुन त, एसले यही बिचमा बामदेव गौतम र भीम रावललाई भित्र्याउने प्रयास गरेको चर्चा पनि छ । तर, यी दुवै नेतासँग माधव नेपालले औपचारिक रुपमा कुरा गरेका छैनन् । त्यसैले, उक्त प्रयास पनि सफल भइहाल्ने अवस्था नभएको बताइएको छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६)

प्रतिकृया दिनुहोस