प्रधान सेनापतिकाे निर्देशनसहित सेनाकाे लिगल सेमिनार-२०८१ सम्पन्न
काठमाडाैं । नेपाली सेना प्राड विवाक स्थापनाको ६२औँ वार्षिकोत्सवको अवसर पारेर मिति २०८१ कार्तिक २६ गतेबाट जंगी अड्डामा आयोजित लिगल सेमिनार-२०८१ को २०८१ कार्तिक २९ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलबाट समापन गरिएको छ ।
नेपाली सेनामा कार्यरत कानून अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानून कार्यान्वयन सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको सेमिनारको २०८१ कार्तिक २६ गते प्राड उपरथी जीवन प्रसाद दाहालबाट शुभारम्भ गरिएकाे थियो ।
चार दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्व न्यायाधीश, सेना प्राड विवाकका पूर्व प्रमुखहरू लगायतका विषयविज्ञहरुबाट सम्बद्ध विषयहरूमा प्रस्तुतिकरण भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।
२०८१ कात्तिक २९ गते आयोजित समापन समारोहमा सम्बोधन गर्दै प्रधान सेनापतिले कानून अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिएका थिए । समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस