🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

काठमाडौं । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

\"\"
एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।

\"\"
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् । बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिएका थिए । नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् ।

नेपालले १५औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ ।