🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौँ : मन्त्री पौडेल

राजविराज (सप्तरी), २० कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशकै गौरवका रूपमा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको काम चाँडै अगाडि बढाइने बताउनुभएको छ  ।

सप्तरीको राजविराज–१० विरौलमा रहेका प्रतिष्ठानको जग्गा निरीक्षण गर्ने क्रममा आज मन्त्री पौडेलल प्रतिष्ठानको व्यवस्थित विकास गर्ने सोचका साथ आवश्यक संरचना निर्माणका लागि सरकार अघि बढेको बताउनुभयो ।

    
उहाँले चिकित्सा शिक्षा अध्ययनतर्फको स्नातक तह (एमबिबिएस) को पढाई सञ्चालन गर्ने उद्देश्यका लागि प्रतिष्ठानका पूर्वाधार निर्माण गर्न लागिएको र यसलाई व्यवस्थित गरेमा जनताले सजिलै लाभ लिन सकिने उल्लेख गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, “रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ । अब पूर्वाधार निर्माणका लागि बोलपत्र गरी चाँडै काम अघि बढाइने छ ।” 

प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा पशुपति चौधरीले सरकारले यस वर्ष आवश्यक पूर्वाधार निर्माणका लागि रु ४० करोड बजेट छुट्याए पनि बोलपत्र आह्वान हुन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो । 

    
विसं २०७५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।  ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेसँगै २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गर्नुभएको थियो ।