🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, १३ कात्तिक : प्रेस काउन्सिल नेपालका नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदबहाली गर्नुभएको छ ।  काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नवनियुक्त सदस्यद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी तथा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई आज यहाँ आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । काउन्सिलमा पत्रकार महासङ्घको अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । 

यसैबीच अध्यक्ष बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभएको छ । नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादकका लागि आज काउन्सिलमा आयोजित अभिमुखीकरणमा उहाँले सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेष फैलाउने गरी गलत सूचना सम्प्रेषण गर्नेलाई काउन्सिलले कानुनी कारबाही गरिरहेको बताउनुभयो । 

अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढङ्गले पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो । “केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, सुनियोजित ढङ्गले तथ्यहीन आरोप लगाउने काम भइरहेका छन् । सामाजिक सद्भाव बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानुनी कारबाही भइरहेको छ”, उहाँले भन्नुभयो । अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा हाल फस्टाइरहेका अनलाइन र युट्युब सञ्चार माध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुनसक्ने अवस्थाबाट सधैँ सचेत रहनुपर्नेमा जोड दिनुभयो । 

प्रेस काउन्सिलले दुई साताअघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको थियो । केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही बढाइरहेको छ ।
 

पत्रकार अभिमुखीकरणमा विषयगत विज्ञका रूपमा गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले पत्रकार आचारसंहिता र सूचना विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले विभिन्न सञ्चार निर्देशिका र पत्रकारका जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।