🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौ । राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १: १५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।  संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै बैठक स्थित भएको जानकारी दिएका हुन् ।

सूचनामा भनिएको छ- 'राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।' 

आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेकोमा दलहरुबीच विवाद भएपछि बैठक बस्न नसकेको बताइएको छ ।