🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धनुष र ऐश्वर्याले दिए सम्बन्धविच्छेदको निवेदन

मुम्बई । अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । उनीहरुले हालैमात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका हुन् ।

गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए । ‘साथी, दम्पती, अभिभावक र एक अर्काकका शुभचिन्तकका रुपमा १८ वर्षको साथ । यो विकास, समझदारी, समायोजन र एक अर्काको अनुकुल हुने यात्रा रह्यो । आज हामी त्यो मोडमा उभिएका छौं । जहाँ हाम्रो बाटो अलग भएको छ ।

ऐश्वर्या र मैले एक जोडीका रुपमा अलग हुने र वृहत्तर आशामा एक व्यक्तिका रुपमा एकअर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौं’, धनुषले सामाजिक सञ्जालमा लेखेका थिए ।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुका दुई छोरा यात्रा र लिंगा छन् । कामको कुरा गर्दा ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रुपमा पुनरागमन गरेकी छिन् । जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन् ।

धनुषको पछिल्ले फिल्म ‘क्याप्टल मिलर’ हो । जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो ।