🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कमसल सामग्रीले प्रसूति गृह भवन बन्दै

रौतहट । प्रादेशिक अस्पताल गौरमा निर्माणाधीन प्रसूति गृहको भवनमा मापदण्ड विना कमसल निर्माण सामग्री प्रयोग गरेको अस्पताल व्यवस्थापनले बताएको छ ।

निर्माणाधीन भवनमा प्रयोग भएका ईटा, बालुवा लगायतका सामग्रीहरु गुणस्तरहिन पाएपछि आफूले ठेकेदारलाई पटक पटक चेतावनी दिँदा समेत सुधार नगरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हास्मीले बताए ।  

शहरी विकास मन्त्रालयको ७ करोड़ ६७ लाख ४ हजार १ सय ४७ रुपैयाँ ४८ पैसामा दिवा आरपी जेवी गौरले निर्माणको जिम्मा लिएको हो । उक्त भवन नेपाल सरकारको बजेटमा सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगंजको निगरानीमा निर्माण काम भै रहेको जनाईएको छ ।

भवन निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीले भवन निर्माणमा प्रयोग गरेको कमसल निर्माण सामग्रीको सम्बन्धमा स्थलगत निरिक्षण गरी ल्याव परिक्षण गरी आउने प्रतिवेदनको आधारमा कानूनी कारवाही गर्नुपर्ने जरुरी रहेको देखिन्छ ।

यता, सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगंज,पर्साका इंजिनियर मुकेश महतो कोइरीले थोरै मात्रामा २ नम्बरको ईटा प्रयोग भएको स्वीकार गरेका छन् ।