टोखा रोडमा डेरा गरी बस्ने तारा थापा र निजकी श्रीमती अन्दाजी बर्ष ४३ की शान्ता थापाले नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री (हाल रिटायर्ड) र हालै नव नियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापा आफ्नो नजिकको नातेदार (दाइ) पर्ने भन्दै नेपाली सेनाका जर्नेलहरू आफ्नो मान्छे भएको भनी ग्रैह्र नागरिक तथा नेपाली सेनामा कार्यरत तल्लो दर्जादेखि अधिकृतस्तर सम्मका व्यक्तिहरूबाट शान्ति सेनामा हाली दिने, प्रमोशन गरी दिने, सरुवा बढुवा गरिदने, क्याडेटमा भर्ना गरिदिने, स्टाफ कलेज प्रवेश परीक्षामा पास गराई दिने भन्ने प्रलोभनमा पारेर ब्यक्तिगत लाभ लिने गरेका छन् ।
यी दम्पत्तिले अब ३ बर्ष सेनामा जस्तोसुकै काम पनि आफूहरूले गर्न सक्ने भन्दै नवनियुक्त चीफ सा’बको बद्नाम गर्दै हिंड्ने गरेका छन् । सि.सं. ५८ पहिलो चरणको अधिकृत क्याडेट भर्ना छनौटमा २ जनालार्ई क्याडेटमा भर्ना गर्न सफल भएको, अरु तल्लो दर्जाहरूलाई पनि मिशनमा हालि दिएको भन्दै सेनाका तल्लो दर्जाका व्यक्तिहरूसंंग रकम लिएर भने अनुसार काम नगरी १ बर्ष भन्दा बढी समय पश्चात मात्र रकम फिर्ता गर्ने गरेको ।
नेपाली सेनाका टेक्ने र समाउने आधार नभएका कमजोर अधिकृतहरूले सेनामा अत्यन्तै कठिन मानिने स्टाफ कलेज प्रवेश परीक्षामा आपूm पास हुनका लागि निज तारा थापा र शान्ता थापालाई मोटो रकमको डिल गर्ने गरेका छन् । जसले गर्दा स्टाफ कलेज प्रवेश परीक्षा उत्तीर्ण हुन सक्षम र योग्य अधिकृतहरू पछि परिरहेका छन् । जसले गर्दा अन्य योग्य अधिकृत पीडित भई संगठनप्रति नै नकारात्मक सोच पैदा भई सिंगो नेपाली सेनालाई नै असर परिरहेको छ । नेपाली सैनिक स्टाफ कलेज शिवपुरीमा १५ लाख खर्च गरी स्टाफ कलेज प्रवेश परीक्षामा उत्तीर्ण भई हाल स्टाफ कलेज गरिरहेका ती अधिकृतले अझै रकम दिन बाँकी रहेको भन्ने चर्चा पनि छ ।
सोही स्टाफ कलेज प्रवेश परीक्षामा पास गराई दिन्छु भनी अर्को मेजरसंग बाँकी रकम काम भएपछि दिने सर्तमा पहिलानै ७ लाख लिएको र प्रवेश परीक्षा पास नभए पछि संघर्षपूर्ण तरिकाले पैसा फिर्ता लिएको बुझेका छौं । नेपाली सेनामा कार्यरत तल्लो दर्जाका व्यक्तिहरूलाई शान्ति मिशनमा हालिदिन्छु, बिभिन्न ट्रेडको परीक्षामा पास गराई दिन्छु भनी महंगो व्याजमा पैसा झिक्न लगाई ३ लाख देखि छ लाखसम्म रकम लिई काम नगरी पैसा फिर्ता दिन नमानी धेरै समय पश्चात रकम फिर्ता गर्ने गरेको जसले गर्दा तल्लो दर्जाका सकलदर्जाहरू व्याज तिर्न नसकी आफ्नो नोकरी समेत छाड्न बाध्य भएका निजहरूले गर्दा कतिपय सकलदर्जाहरूको घर व्यवहार ज्यादै नराम्रोसंग बिग्रेको छ ।
हाल नेपाली सेनामा भर्ना सम्पन्न सि.सं. ५८ दोश्रो चरणको अधिकृत क्याडेड छनौट परीक्षामा १५० जना छनौट हुन सफल भएकोमा सो मध्ये सशस्त्र प्रहरीमा कार्यरत डि.एस.पी आफन्तलाई क्याडेडमा पास गराई दिन्छुु भनी रु ८,००००० लाख चैत्र १० गते लिएको र बाँकी रकम ३ लाख निज डीएसपीसंग २०७४÷०२÷२७ गते लिएको हाल ती व्यक्ति अधिकृत तालिम गरिरहेका छन् ।
शान्ता थापाका श्रीमान÷श्रीमतीले नेपाली सेनाका अरु धेरै तल्लोदर्जाहरूसंग पैसा लिएर मिटर व्याजमा लगाउने र काम नभएपछि पैसा फिर्ता माग्दा आनाकानी गर्ने र धम्कीपूर्ण भाषाहरू प्रयोग गर्ने गरेको पीडितहरूबाट हामीले थाहा पाएका छौं । निज शान्ता थापाले कामको लागि सिफारिस लिएर आउने व्यक्तिहरूलाई आफूले काम गर्न सक्ने भन्ने देखाउन प्रमाणको रुपमा अरुलाई स्वयम्ले भन्ने गरेका छन् । निजहरूबाट पीडित नेपाली सेना तथा गैह्रसैनिक व्यक्तिहरू पनि सम्पर्कमा आउने क्रममा रहेका छन् ।
नेपाली सेनाका कर्तब्यनिष्ट, नैतिकवान, जिम्मेवार अधिकृतहरूको ध्यान यस्ता क्रियाकलापमा नजाने हँुदा सेनाभित्र ब्याप्त विकृतिले सीमा नाघ्न थालेका छन् । सेनामा सेवा सुविधाको कमी एवं मर्यादित निष्पक्ष ढंगबाट कामहरू नहुने हुँदा हरेक कुरामा सोर्सफोर्स, भनसुन गर्नुपर्ने शक्ति नभए आफ्नो क्षमता, योग्यता हुँदा पनि अन्यायमा परेर पछि पर्ने हँुदा बाहिरति दलाल खोज्दै हिड्नुपर्ने बाध्यता छन् ।
सेनामा कार्यरत तल्लो दर्जाबाट पनि आफ्नो कामका लागि पैशा खर्च गर्न बाध्य छन् । जसले गर्दा सिंगो नेपाली सेनाको छविमा नै आँच पुग्ने भएकाले यस्तो क्रियाकलापलाई नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाज्यूबाट निरुत्साहित भएमा अरु सवल र सक्षम व्यक्तिहरूले पनि अवसर र स्थान पाउने थिए । समग्र नेपाली सेना गौरवान्वित हुने अवसर मिल्ने थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाज्यूको जयजयकार मनाउने थिए ।
नेपाली सेनामा अत्यन्तै कठिन मानिने स्टाफ कलेज परीक्षामा पैसाको प्रयोग गरी पास हुने प्रवृत्ति रोक्नका लागि सक्षम र योग्यताका आधारमा मर्यादितरुपमा परीक्षा संचालन गर्न सक्ने उपरथी जर्नेललाई पठाईयोस् । त्यसो भएमा सक्षम र योग्य अधिकृतहरूले मौका पाउने छन् र भविष्यमा पैसाको चलखेलको दुषित बाटो बन्द हुनेछ । सेनाभित्र दलाली गर्ने व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ । योभन्दा अगाडि सम्पन्न भएको स्टाफ कलेज (सिरियल नं. २४) प्रवेश परीक्षामा पनि ३ जना सेनानीलाई दलालहरूले प्रवेश परीक्षा पास गराई दिएको निज अधिकृतहरूले स्टाफ कलेज पास गरिसकेका छन् । –पीडित नेपाली सेनाका सेनानीहरू



