🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीवन धारा : आस्था 

एकजना शिष्य आफ्ना गुरुबाट शिक्षा पाएपछि स्वतन्त्र रुपमा चिन्तन मनन र ध्यानमा लागेका थिए । त्यसबाट केही सार्थक नतिजा बाहिर आयो । उनी यो कुरा आफ्ना गुरुलाई बताउन उत्सुक हुन थाले । एकदिन उनी तयार भएर गुरुको दर्शन गर्न हिंडे । बर्षात्को समय थियो, बाटोमा एउटा गहिरो नदी भेटियो । वर्षात्को पानी ओइरिरहेको थियो ।

पानीको बहाव पनि तीव्र थियो । तर शिष्यलाई आफ्ना गुरुप्रति अपार श्रद्धा थियो । नदी उनको मार्गमा बाधक बन्दै थियो । उनी जब नदीको किनारमा पुगे र आफ्ना गुरुको नाम लिंदै नदीमा कदम राख्दै निर्विघ्न नदीको पल्लो किनारमा पुगे, नदीको पल्लो छेउमा गुरुको कुटी थियो । आफ्नो शिष्यलाई धेरै पछि देखेकाले गुरुमा अति प्रसन्नता छायो ।

शिष्यले चरण स्पर्श गरे, गुरुले उसलाई उठाएर गला मिलाए । गुरुले सोधिहाले कि यस्तो घनघोर वर्षात्मा नदी कसरी त¥यौ ? शिष्यले भने–हृदयमा गुरुको ध्यान राखें र नाम जप्तै नदी तरें । गुरुले पनि सोचे, यदि मेरो नाममा यति धेरै शक्ति छ भने म जरुर पनि महान शक्तिशाली सन्त हुँ ।

भोलिपल्ट बिनाडुंगाको सहारा गुरु नदी तर्न म..म..म.. भन्दै जव नदीमा खुट्टा राखे तव उनको खुट्टा चिप्लियो, गुरुलाई नदीको तीव्र धारले बगायो । यस्तो चमत्कारी शक्ति कुनै व्यक्तिमा होइन, उसको आस्थामा हुन्छ भन्ने कुरा यसबाट सिद्ध भयो ।