🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, मंसिर १९ गते । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका ८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पशुपंक्षी मुद्दामा जिल्ला अदालत झापाको मिति २०७८।०९।२२ गतेको फैसलाले ४ महिना ११ दिन कैद भई  फरार रहेका दमक- ३ का ३६ वर्षीय खगेन्द्र  दुलाल, सोही मुद्दामा मिति २०७९।१२।३० गतेको फैसलाले जनही ११ महिना १० दिन कैद फैसला भई फरार रहेको अर्जुनधारा- ७ का ३० बर्षीय बिर बहादुर दनुवार र अर्जुनधारा- ५ का २१ बर्षीय भोटे भन्ने इमोन तामाङ्लाई पक्राउ गरेको हो ।

  त्यसैगरी डाँका मुद्दामा  मोरङ जिल्ला अदालतको २०७९।०१ ।०४ गतेको फैसलाले कैद २ महिना ६ दिन र नगद ३ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका केरावारी- ६ का २१ वर्षीय रोजिस राई, कुटपिट अंगभंग मुद्दामा २०७८।०९।२० गतेको फैसलाले नगद १० हजार रुपैयाँ, कैद ७ दिन भएका २३ वर्षीय विकास मुकारुम राई र जाल साझी घोषित मुद्दामा मिति २०७८।०९।१४ गतेको फैसलाले नगद ५ हजार रुपैयाँ जरिवाना भएका ५२ बर्षीय मदन अर्याललाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

   यसैगरी प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा नगद ६ हजार ५ सय जरिवाना र २ महिना  ७ दिन कैंद तोकिएका कटहरी गाउँपालिका- १ का २८ बर्षीय करण श्रेष्ठ र सार्वजनिक मुद्दामा १८ सय रुपैयाँ जरिवाना तोकिएका ४५ बर्षीय भुपाल यादवलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई  जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार पठाईएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जानकारी दिएकाे छ ।