अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डby SanghuNews Desk|September 10, 2018April 24, 2019 चितवन, २५ भदौ (रासस) : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेमा आज साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ५ः२० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य शुरु भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै सवारीसाधन रोकिएका छन् । पहिरोले दुःख दिने गरेको यस सडकमा विगत एक महीनायता पहिरो खसेको थिएन । ––– SanghuNews Desk More by SanghuNews Desk