🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डब्लुएचओको विशेष सहयोगमा (SARI) Treatment Facility सशस्त्र प्रहरीलाई हस्तान्तरण

काठमाडाैं । विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल एपीएफ अस्पताल बलम्वु काठमाडौंको परिषरभित्र निर्माण गरिएको ९२ शैयाको Severe Acute Respiratory Infection (SARI) Treatment Facility सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएको छ ।

\"\"
  नेपाल एपीएफ अस्पताल बलम्वुमा फागुन ३० गते आयोजित कार्यक्रमका बीच नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहबाट हस्तान्तरण गरिएको छ ।

  सो Treatment Facility डा. पोखरेलले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरिएको हो । गम्भिर प्रकृतिको श्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा स्वास्थ्य सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त Treatment Facility मा ७२ वटा वार्ड बेड, १४ वटा सघन उपचार कक्ष र ६ वटा ट्रिएज बेड रहेका छन् ।

 कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिड–१९ महामारीको कठिन अवस्थामा समेत सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पतालले कोभिड डेडिकेटेड अस्पतालको रुपमा अनुकरणीय योगदान पुर्‍याएको स्मरण गर्नुहुँदै २०७९ फागुन ३० गते मंगलबार हस्तान्तरण भएको फिल्ड अस्पतालले श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम जनतालाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न सफल हुने बताए।

    विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले दक्षिण पूर्वी एशिया क्षेत्रमा नै पहिलो पटक संचालन हुन लागेकोSevere Acute Respiratory Infection (SARI) Treatment Facility ले गम्भिर प्रकृतीको स्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा सेवा प्रदान गर्न आवश्यक दक्ष जनशक्ति तथा भौतिक पूर्वाधारहरु पूर्व तयारी अवस्थामा रहनुका साथै सामान्य अवस्थामा समेत केन्द्रले दक्ष उपचार सेवा प्रदान गर्ने बताए ।

    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतिक प्रकोप एवं महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले निर्वाह गर्दै आईरहेको जिम्मेवारीहरुलाई थप प्रभावकारी बनाउन तथा विशेषत श्वासप्रश्वास संक्रमण सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्न यस्ता प्रकृतिका संरचना तथा पूर्वाधारहरुले थप टेवा पुग्ने बताए ।

 उनले मानव जीवनको अस्तित्वसँग जोडिएको श्वासप्रश्वास जस्तो संवेदशील विषयमा आवश्यकलाई महसुस गरी यसको महत्व, अपरिहार्यता र भावि चुनौतीको गहन अध्ययनका साथ स्वास्थ्य उपचार प्रदान गर्ने निकायका रुपमा सशस्त्र प्रहरी बल नेपाललाई Treatment Facility हस्तान्तरण गरिएकोमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सम्बन्धित सरोकारवाला निकायप्रति आभार प्रकट गरेका छन् ।

   उनले यस Treatment Facility केन्द्रद्धारा सेवा प्रदान गर्ने कार्यमा भविष्यमा समेत विश्व स्वास्थ्य संगठन, मन्त्रालय र अन्य सरोकारवाला निकायको निरन्तर सहयोग र समन्वय रहिरहने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिध डा.राजेश शाम्भाजी राओ पाण्डव, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।