🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ,  १२ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिनिमय दर सार्बजनिक गरेकाे छ । 

जसअनुसार बिहीवारको तुलनामा शुक्रबार अमेरिकी डलरकाे बिनिमयदरमा केही गिरावट आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ । 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.९८ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९  रुपैयाँ रहेको छ ।

साथै, साउथ कोरियन वन १०० को खरिददर ९.९५ रुपैयाँ  छ भने बिक्री दर १० रुपैयाँ  छ भने क्यानेडियन १ को खरिददर ९७.१३  र बिकी दर ९८.५७ रहेको राष्ट्र बैंकले जनाएको छ ।