🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईपीएल क्रिकेटमा अनलाइन सट्टाबाजी खेलाउने गिरोह पक्राउ

वीरगन्ज, ११ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको  छ ।

आईपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी  गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका-२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका-४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका-६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यको गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर  १५ स्थित सञ्जय श्रीवास्तवको घरमा बुधबार राति आईपीएल प्रतियोगिताको अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

श्रीवास्तवको घरमा आईपीएलको सट्टाबाजी चलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।