🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पुँजीगत खर्च सुस्त, असारे हतार फेरि दोहोरिने संकेत

नाै महिनामा २३% मात्रै पुँजीगत खर्च : विकास कहाँ अड्कियो ?

काठमाडौं । सरकारले हरेक वर्ष विनियोजन गर्दै आएको पुँजीगत बजेट लक्ष्यअनुसार खर्च हुन सकेको छैन । समयमै खर्च नहुने र आर्थिक वर्षको अन्तिम समय अर्थात् असार मसान्तमा हतारहतार खर्च गर्ने प्रवृत्ति पुरानै मानिन्छ । चालु आर्थिक वर्षको यस अवधिसम्मको परिणामले पनि त्यही संकेत गरेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सरकारको पुँजीगत खर्च २३ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवमा सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, कार्यालयको तथ्यांकअनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म ९६ अर्ब १९ करोड ५१ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो रकम कुल लक्ष्यको जम्मा २३.५८ प्रतिशत रहेको बताइएको छ ।

गत आवको सोही अवधिको तुलनामा पनि यस वर्ष पुँजीगत खर्च न्यून देखिएको कार्यालयको दाबी छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ३२.२४ प्रतिशत पुँजीगत खर्च भएको थियो । उता, सरकारको चालु खर्च भने ६३ प्रतिशत नाघेको कार्यालयले जनाएको छ ।

चालु आवको चैत मसान्तसम्म सरकारले चालु खर्चतर्फ ७ खर्ब ४७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ खर्च गरिसकेको छ । यो विनियोजनको ६३.३ प्रतिशत हो । चैत मसान्तसम्म सरकारले ८ खर्ब ८६ अर्ब २८ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवमा राजस्व संकलनतर्फ सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको थियो ।

यस अवधिमा राजस्व संकलनतर्फ भने सरकारले वार्षिक लक्ष्यको झन्डै ६० प्रतिशत प्रगति हासिल गरेको छ । कुल बजेट खर्चतर्फ सरकारले हालसम्म १० खर्ब ५९ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । यो ५३.९७ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *