🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिका कारबाहीमा चार जना विद्रोही मारिए

मनिला, १८ फागुन (रासस/ सिन्ह्वा): मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् ।

कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले  ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ ।

सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ ।

सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका  सैन्य तथ्याङ्कले देखाएको छ ।
–––