काठमाडौँ, १ वैशाख : काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।
प्रहरीको उनीहरुको साथबाट खैरो हेरोइन २२४ ग्राम र अफिम ५२ ग्रामसहित १० जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ ।
सो ब्युरोबाट खटिएको प्रहरीले झापा गौरीगञ्ज गाउँपालिका–३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौँ महानगरपालिका ३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो ।
यसैगरी, दोलखा शैलुङ गाउँपालिका–२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहितबहादुर राना र पर्सा ठोरी गाउँपालिका–४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७६० मिलिग्रामसहित पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौँ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई किलो ९६० ग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रीलङ्कन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो । –––




