🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई कोरियाको भेटवार्ताको विभिन्न देशहरुद्वारा स्वागत

वासिङटन, १४ वैशाख (रासस/सिन्ह्वा) : २०७५ वैशाख  १४ शुक्रबार दुई कोरियाका शिर्ष नेताबीच शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन् । 

अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको शुक्रबारको भेटवार्तालाई “ऐतिहासिक र सुखद्” भनेको छ । 

दुई देशको शिखर बैठकले जनताको शान्ति र सम्वृद्धिका लागि भविष्यमा उपलब्धि हासिल हुने अपेक्षा अमेरिकाले गरेको छ । 

ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा किम–मुन शिखर बैठकपछि किमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेट्नेगरी तयारी भइरहेको उल्लेख गरिएको छ । 

त्यसैगरी अष्ट्रेलियाले पनि दुई कोरियाको भेटावार्तालाई निकै सकारात्मक सन्देशका रुपमा लिइएको बताएको छ । 

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले पनि दुई देशले आपसी समझदारीका साथ अगाडि  बढ्ने वातावरण बन्ने प्रयास हुने विश्वास व्यक्त गरेको छ ।