काठमाडौँ, २५ चैत (रासस) : विशेष अदालतले परशुराम बस्नेतलाई सफाइ दिएको छ । आज अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
उनले बस्नेतमाथि लगाइएको सम्पत्ति शुद्धिकरणअन्तर्गत कसुर गरेर आर्जन गरेको सम्पत्ति शुद्धिकरण विभागको मुद्दामा मागदाबी गरेअनुसारको कसुर गरेको भन्ने कुरा स्थापित हुन नसकेकाले सफाइ दिएको हो ।
बस्नेतसहित उनकी श्रीमती अञ्जुसिंह बस्नेतलाई पनि सफाइ दिएको हो ।
सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धिकरण अन्तर्गत रु ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो ।
–––



