🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित

किभ । युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित भएका छन् । यो युक्रेनका बालबालिकाको  कुल जनसंख्याको  झन्डै दुई तिहाई हो । राष्ट्रसंघीय बालकोष युनिसेफका आपतकालीन कार्यक्रम निर्देशक म्यानुअल फोनटाइनले यति ठूलो संख्यामा बालबालिका विस्थापित भएको पहिलो पटक देखेको उनले टिप्पणी गरेका छन् । 

शरणार्थी बालबालिकामध्ये २८ लाख देशभित्रै र २० लाख अन्य देशमा विस्थापित भएको उनले बताए । २४ फेब्रुवरीदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १४२ जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ ।