🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थ र गृह सचिवको खोजी सुरु 

काठमाडौं । दुई महत्त्वपूर्ण मन्त्रालय अर्थ र गृहमा सचिवको खोजी सुरु भएको छ । अर्थका राजस्वतर्फका सचिवको अवकाश र गृहमा लाइन मिल्ने सचिव नभएपछि उपयुक्त अनुहारको खोजी थालिएको हो । 

अर्थ मन्त्रालयको राजस्वतर्फको सचिवमा मधुकुमार मरासिनीको चर्चा छ । राजस्व सचिव रामशरण पुडासैनी उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेपछि नयाँ सचिवको खोजी सुरु भएको हो । १ वर्षअघि सचिवमा बढुवा भएका मरासिनी अहिले महालेखा नियन्त्रणकका रूपमा कार्यरत छन् । 

निजामती सेवाबाट बिदा हुन लागेका पुडासैनीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले जातेजाते राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउने निर्णय गरेको थियो । पूर्ववर्ती सरकारका निर्णय उल्ट्याइरहेको देउवा नेतृत्वको सरकारले यसबारे गर्ने निर्णयलाई पनि चासोपूर्वक हेरिकएको छ । 

जसको सरकार आए पनि आफ्नो इच्छाअनुसारको जिम्मेवारीमा रहन सफल २०७८ पुसमा अवकास हुने लाइनमा रहेका अर्थ सचिव शिशिरकुमार ढुंगानाको विकल्प खोजेर उपयुक्त व्यक्ति ल्याउनुपर्ने सुझाव पनि अर्थ मन्त्रीलाई दिएको छ । लक्ष्मण अर्याललगायतलाई अर्थ सचिव बनाउन कतिपयले सुझाव दिए पनि अर्थमन्त्री जनार्दन शर्माले ढुंगानाको विकल्प खोज्ने सम्भावना भने निकै कम छ । 

पूर्ववर्ती सरकारको पालामा गहृ सचिव बनेका महेश्वर न्यौपानेलाई पनि छिट्टै त्यहाँको जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरिएको छ । न्यौपानेको स्थानमा पर्यटन मन्त्रालयका सचिव यादव कोइराला, टेक नारायण पाण्डेदेखि बैकुण्ठ अर्याललगायतको नाम अहिले चर्चा छ । तर, वरिष्ठ सचिव कोइरालाको सम्भावना बढी रहेको बताइन्छ । सचिवमध्येका सिनियर कोइरालासँग गृह मन्त्रालयको लामो अनुभव छ । 

नेपाल सरकारको विशिष्ठ श्रेणीका अन्य कर्मचारीको पनि व्यापक हेरफेर गर्ने तयारी नयाँ सरकारले गरेको छ । हालै सचिवमा नियुक्त भएका कृष्णहरि पुष्कर कर्णलगायतले महत्त्वपूर्ण जिम्मेवारी पाउने सम्भावना छ ।

  सञ्चारका हरि बस्यालकाे पनि अवकास भएकाले रक्षा मन्त्रालयदेखि  सञ्चार  र मानव अधिकार आयोगसम्मका नियकायमा सचिव रिक्त रहेकाले यी निकायमा पनि जिम्मेवारी तोक्नुपर्ने अवस्था छ । कृष्णहरि पुष्कर कर्ण र खगेन्द्र प्रसाद नेपाल त  हाल अतिरिक्त समूह रहेका छन् ।