🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘कहाँबाट भ्रष्टाचार गर्ने हो, बाटोहरु कानुनले नै खोलिदिएको छ’–मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुनुमा कानुन नै दोषी भएको बताएका छन् ।  

नारायणगढ–मुग्लिन सडकखण्डको निरीक्षणपछि मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले सबै क्षेत्रका कानुनहरुमा केहि त्रुटि रहेकाले अब त्यसलाई सच्चाउनुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले भने, “कहाँबाट भ्रष्टाचार गर्ने हो, बाटोहरु कानुनले नै खोलिदिएको छ ।”

“सबै कुरा गएर पैसामा अडिएको छ,” उनले भने, “लेनदेनकै कारण यी सबै भएको हो, त्यसैले कानुनलाई परिवर्तन नगरेसम्म परिवर्तनको अनुभूति दिलाउन सकिदैन ।

मुख्यमन्त्री पौडेलले “जे जस्तो समृद्धिको कुरा गरिरहेका छौँ, विधमान कानुनबाट त्यो सम्भव देखिएको छैन,” भन्दै त्यस्ता कानुन प्रदेशसभाले परिवर्तन गर्ने तर त्यो परिवर्तन आजको भोलि नभएर केही समय लाग्ने बताए ।

सडक विस्तारको काममा ढिलाइ भइरहेकाप्रति इङ्गित गर्दै उनले मिति थप्दै जाने र काम नहुने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले भने, “अब फेरि पनि तीन महिनाको मिति थप्ने हो भने त्यो अन्तिम हुनुपर्छ । त्योभन्दा पनि पछि मिति थप्ने काम भयो भने त्यो राम्रो हुँदैन ।”

एकले अर्कोलाई दोष दिएर काममा ढिलाइ गर्न नपाइने बताउँदै मुख्यमन्त्री पौडेलले परियोजना, परामर्शदाता कम्पनी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई समयमै काम सम्पन्न गर्न निर्देशन पनि दिए ।

निरीक्षणमा आएका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिग्राम जमरकट्टेलले कम मूल्यमा टेण्डर पार्ने प्रवृत्तिको अन्त्य नभएसम्म समयमा काम नहुने बताउँदै समयमा सडक नबन्दा जनताले दुःख पाएको र त्यसको दोषी राज्य र कानुन भएको बताए ।

सो अवसरमा आयोजनाका डिभिजनल इञ्जनियर गोविन्द खनाल, परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मी र ठेकेदार कम्पनीका प्रतिनिधिले आआफ्नो प्रगति विवरण र समस्याका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी दिए ।

निरीक्षण टोलीमा प्रदेश सांसद विजय सुवेदी, दावा लामा, रिना गुरुङ, पार्वती सिलवाल पनि थिए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाको तेस्रो पटक थपिएको मिति यसै साता सकिन लागेकाले पुनः मिति थपका लागि प्रक्रिया अगाडि बढेको छ । तीन महिना मिति थप्नका लागि विभागमा प्रस्ताव गरिएको छ ।

दुई वर्षका लागि ठेक्का दिइएको सो सडक आयोजनाको मिति तीन पटक गरी १० महिना थप गरिसकिएको छ । हालसम्म उक्त आयोजनाको ७४ प्रतिशत काम सम्पन्न भएको छ ।