🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनताले सिंगापुर हेरे, स्वीट्जरल्याण्ड हेरे र लंका पनि हेरेः राप्रपा सांसद सिंह 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नेताहरुको कुरामा विश्वास गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।  बुधबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसँग सिंहले यो देशमा काण्डै काण्डको प्रतिष्पर्धा मात्र हुने गरेको बताए । 
उनले भने ‘ जनताले त हिजो पनि हेरेकै हो । पहिला जनताको आंँखामा सिंगापुर बनाईदिन्छु भन्थ्यो । त्यो पछि आएर स्वीट्जरल्याण्ड बनाईदिन्छु भन्थ्यो ।

यि नेताहरुले अहिले आएर यो गठबन्धनको सरकारले लंका बनाईदिन्छु भनेको छ तर मान्ने वाला कोही छैन् । ’  सांसद सिंहले जनतालाई पटक पटक आँंखामा छारो हालेर यत्रो यत्रो काण्ड माथि काण्ड गरेर काण्डमय प्रतिष्पर्धा गर्ने बाहेक अरु केही नभएको बताए । 
वर्षातको कारणले देशभरि तहसनहस भएको छ तर आफुहरुले सदन उक्त कुरा राख्न नपाएको पनि उनको गुनासो थियो ।