🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मधेसी नेताहरुले दौरा-सुरुवाललाइ घृणा गरे, त्यसबिरुध्द गर्जे र अन्तमा दौरा-सुरुवाल लगाउन छुट दिए।

जनकपुरधाम, माघ २९ \\  प्रदेशसभाको पहिलो बैठक तैयारीसँगै प्रदेशहरुमा केन्द्रबाट मर्यादापालकहरु पठाइएको थियो। सोही अनुसार २ नम्बर प्रदेशमा गएका मर्यादापालकहरु समयअगावै तैनाथ भैसकेका थिए।

जब मधेसी नेताहरुले मर्यादापालकहरु दौरा-सुरुवालमा ठाँटिएको देखे तब दौरा-सुरुवालबिरुध्द भयङ्कर कोकोहोलो मच्चाए। “यो दौरा-सुरुवाल हामी हेर्नैसक्दैनौं, अहिले नै फाल्नुपर्छ” भनेर एकोहोरो गर्जिरहे।

दौरा-सुरुवालबिरुध्द दाह्रा किटेर गर्जिरहेपछि अरु सबै काम छाडेर तुरुन्त सर्वदलीय बैठक राखियो र त्यस्लाइ हटाउने निर्णय गरियो।

निर्णय गरेपनि वैकल्पिक ब्यवस्था गर्न नसकिएकोले अर्को ब्यवस्था नभएसम्म आफूखुशि ड्रेस लगाउनु भनेर मर्यादापालकलाइ निर्देशन दिएका थिए।

आफूखुशि ड्रेस लगाउने छुट पाएका मर्यादापालकहरुले आज सोमबारको बैठकमा दौरा-सुरुवाल नै लगाएर आएको देखेर मधेसी सांसदहरु मुर्मुरिए, तर केही बोलेनन्।