🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तातोपानीबाट छ कन्टेनर भित्रिए

मेलम्ची, २१ वैशाख (रासस) : चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट स्याउ र लसुन भित्र्याइएपछि स्थानीयवासीले विरोध जनाएका छन् । लकडाउनका बेला सहमति बेगरका सामग्री ल्याएको भन्दै स्थानीयवासीले विरोध जनाइरहँदा तातोपानी नाकाबाट रातारात प्रहरी ‘स्कर्टिङ’ मा कन्टेनर भने भित्रिएका छन् । गएराति छवटा कन्टेनर पालैपालो लिपिङ हुँदै तातोपानी बजार आइपुगेका छन् । 

    मेडिकल र खाद्य सामग्री मात्र ल्याउने सहमतिमा नाका खोल्न दिइएकामा यसरी अरू सामान ल्याउँदा कोरोना भित्रिने जोखिम बढेको भन्दै जनप्रतिनिधिले भन्सारमा अस्ति ज्ञापन बुझाएका थिए । तातोपानीका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले सरकारबाट खोलिएको नाकाबाट सामग्री आयातमा सुरक्षाका लागि स्कर्टिङ गरिएको बताउनुभयो ।