🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

परिवर्तनलाई आत्मसात् गरेर अपनत्व ग्रहण गर्न प्रधान सेनापतिको निर्देशन 

  काठमाडौं ।  जङ्गी अड्डामा  २०७६ भाद्र २० गते  उपप्रधान तथा रक्षामन्त्री  ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक'  २०७६ भाद्र २३ गते समापन भएको छ । 

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरुको प्रगती समीक्षा, मूल्याङ्कन र विश्लेषण समेत भएको थियो । 

उक्त बैठकमा पी.एस.ओज रथीबृन्द, पृतनापतिहरु तथा अन्य रथीबृन्दहरु समेत सहभागीता रहेको थियो भने प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका थिए  । समापनको क्रममा प्रधानसेनापति महारथी थापाले नेपाली सेनाको दीर्घकालीन सांगठनिक सुदृढीकरण र विकासका योजनाहरुको सफल कार्यान्वयन गर्न संस्थाभित्र भएका सकारात्मक परिवर्तनलाई आत्मसात् गरि अपनत्व ग्रहण गर्न तथा आफ्नो दायित्व प्रति उत्तरदायी हुनुको साथै नागरिक-सैनिक सम्बन्धलाई परिणाममुखी बनाउन गरिएका नीतिगत निर्णय र स्थानीय आवश्यकताहरुलाई मध्यनजर गरेर  कार्य-योजना अनुसार जनहितको कार्यहरु सञ्चासलन तथा अनुगमन गर्न सबै पृतनापतिहरुलाई पहल कदमी लिन निर्देशन दिएका छन्। 

नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।