🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘आफैभित्रको तिक्तताले काङ्ग्रेस धरासायी’ : महामन्त्री काेइराला

बनेपा, १ वैशाख । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको बताए ।

काभ्रेपलाञ्चोकको बनेपामा आइतबार नेपाली काङ्ग्रेस बनेपा नगर समितिले आयोजना गरेको ‘नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापान’ कार्यक्रममा उनले काङ्ग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष भएको बताए ।

महामन्त्री कोइरालाले पार्टीभित्र एकजुटता भए काङग्रेसलाई कसैले हराउन नसक्ने बताए । उनले भने, ‘हामीले एकताको सन्देश दिन सक्नुपर्यो ।” बिपी कोइरालाले एकताको सन्देश दिए पनि त्यसलाई जोगाउन नसकेको उल्लेख गर्दै उनले नयाँ वर्षले एकजुट हुने अवस्था मिलाइदियोस् भन्ने कामना गरे ।

सो अवसरमा उहाँले प्रधानमन्त्रीले सम्पूर्ण अधिकार हातमा लिन खोजिरहेको आरोप लगाए । सञ्चारमाध्यममा हस्तक्षेप, न्यायालयमा कब्जा र सेनालाई अधिनमा राख्न खोजिरहेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने महामन्त्री कोइरालाको भनाइ थियो ।

हरेक ठाउँमा हस्तक्षेप गरिरहेको अवस्थामा काङ्ग्रेस भने आफ्नै कारणले अजिङ्गरले खाइरहेको अवस्थामा भ्यागुतो भएर जिब्रो निकालेर फट्याङ्ग्रा मार्न खोजिरहेको जस्तो अवस्थामा भएको उनले बताए ।रासस