🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बन्धक बनाई राखिएकी भारतीय किशोरीको उद्धार

 
 गौशाला, २७ चैत : महोत्तरीको औरही नगरपालिका– १ मा दुई महिनादेखि बन्धक बनाई राखिएकी एक भारतीय किशोरीको प्रहरीले उद्धार गरेको छ ।

औरही नगरपालिका– का आलम अंसारीको घरमा बन्धक बनाई राखिएकी भारत बिहारको सीतामढी जिल्ला पिपरा बिसनपुर– ७ की १५ वर्षीया विन्दुकुमारी यादवको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए  । सोही ठाउँका मोहमद अंसारीले किशोरीलाई ललाई फकाई ल्याएर आलमको घरमा पु¥याएका थिए । 

    स्थानीयवासीले थाहा पाएपछि  प्रहरीलाई खबर गरेका थिए । मङ्गलबार ईलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिगएको टोलीले आलमको घरबाट किशोरीको उद्धार गरेको हो । किशोरीलाई ललाई फकाई ल्याउने अंसारीलाई समेत पक्राऊ गरी ईलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । घरधनी आलम फरार छन् । रासस