🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाद्वारा जटिल प्रसूति समस्या भएकी डोल्पाकी महिलाको हवाई उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी एक महिलाको हवाई उद्धार गरेको छ।

राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालन हुँदै आएको हवाई उद्धार कार्यक्रममार्फत २०८३ वैशाख १३ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१० निवासी महिलालाई थप उपचारका लागि सुर्खेत पुर्‍याइएको हो।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ। दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले यस्तो उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

दुर्गम हिमाली तथा पहाडी जिल्लामा सडक पहुँच, स्वास्थ्य संरचना र विशेषज्ञ सेवाको अभावका कारण जटिल प्रसूति समस्या भएका महिलाको ज्यान जोखिममा पर्ने गरेको छ। यस्तो अवस्थामा हवाई उद्धार कार्यक्रम आमा र शिशुको जीवनरक्षाका लागि महत्वपूर्ण बन्दै आएको छ।

मन्त्रालयले आवश्यक समन्वयमार्फत जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धारलाई निरन्तरता दिइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *