🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईजीपी कार्कीद्वारा मनोहरा सुकुम्बासी बस्तीमा  अनुगमन

काठमाडौं, २०८३ वैशाख १३ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मनोहरा खोलाकिनारस्थित सुकुम्बासी बस्तीको स्थलगत अनुगमन गरेका छन्।

वैशाख १३ गते  आइतबार गरिएको अनुगमनका क्रममा आईजीपी कार्कीले सुरक्षा अवस्था, बस्ती हटाउने कार्य र सम्भावित संवेदनशीलतालाई ध्यानमा राख्दै खटिएका सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका हुन्। हाल उक्त क्षेत्रमा बस्ती व्यवस्थापन तथा खाली गराउने काम चलिरहेको छ।

अनुगमनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उल्लेख्य उपस्थिति देखिएको थियो। कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले शान्ति–सुरक्षा कायम राख्दै कानुन कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ भने स्थानीय बासिन्दालाई संयमित रहन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *