🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली, ‘घण्टी’मा भोट दिएकोप्रति पश्चाताप

काठमाडौं । काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली गराइएको छ । २०८३ वैशाख १२ गते  शनिबार सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेसँगै उक्त बस्ती खाली भएको हो ।


बस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएकी भावना लिम्बुले आफूहरू २५ वर्षदेखि त्यहीँ बस्दै आएको बताएकी छन् । उनले गाउँको सम्पत्ति बेचेर सानो छाप्रो किनेर बसेको उल्लेख गर्दै हटाइने निर्णयले ठूलो समस्या उत्पन्न भएको गुनासो गरिन् ।


‘म यहाँ बसेको २५ वर्ष भइसक्यो। हामीले गाउँको सबै बेचेर सानो छाप्रो किनेर बसेका हौं । बालबच्चाहरूको परीक्षा चलिरहेको छ, परीक्षाकै बेला यस्तो भयो । अब परीक्षा दिन पाउने कि नपाउने भन्ने दोधार छ,’ उनले भनिन् ।
उनले आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाइएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारसँग उचित व्यवस्थापनको माग गरेकी छन् । ‘बालबच्चाको भविष्यको ग्यारेन्टी हुनुपर्यो । अब हामीलाई कहाँ लगेर राख्नुहुन्छ भन्ने थाहा छैन । हामीले विश्वास गरेर घण्टीलाई भोट दिएका थियौं, तर अहिले बस्ने ठाउँ छैन,’ उनले भनिन् । आज नै सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *