🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किष्ट बैंक घोटाला प्रकरणका फरार रोहितलाल श्रेष्ठ पक्राउ

सर्वोच्चको फैसलापछि फरार रहेका पूर्वकर्मचारी महाराजगञ्जबाट सीआईबीको नियन्त्रणमा

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी किष्ट बैंक घोटाला प्रकरणमा फरार रहेका प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । तत्कालीन किष्ट बैंक, ठमेल शाखामा जुनियर असिस्टेन्ट पदमा कार्यरत तथा टेलर हेडको जिम्मेवारीमा रहेका रोहितलाल श्रेष्ठ पक्राउ परेका हुन् ।

सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–१, साङ्ला घर भएका ४८ वर्षीय श्रेष्ठलाई २०८३ वैशाख ११ गते काठमाडौं महानगरपालिका–३, महाराजगञ्जबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तत्कालीन किष्ट बैंकका कर्मचारीले नक्कली कागजात, नक्कली छाप, नक्कली बैंक कर्मचारी र नक्कली सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्याएर हानी–नोक्सानी पुर्‍याएको प्रकरणमा श्रेष्ठ प्रतिवादी रहेका थिए ।

उक्त मुद्दामा सर्वोच्च अदालतले २०८० असोज १५ गते फैसला गर्दै श्रेष्ठलाई २ वर्ष कैद र १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना कायम गरेको थियो । अदालतको फैसला पछि उनी फरार रहेका थिए ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ ।

किष्ट बैंक घोटाला प्रकरणलाई बैंकिङ क्षेत्रमा नक्कली कागजात र आन्तरिक मिलेमतोमार्फत संस्थागत क्षति पुर्‍याइएको गम्भीर घटनाका रूपमा हेरिएको छ । अदालतबाट दोषी ठहर भइसकेका फरार प्रतिवादी पक्राउ पर्नुलाई फैसला कार्यान्वयनतर्फको महत्वपूर्ण कदम मानिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ