🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शनमा आउने

काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ ।

प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रलाई दर्शकमाझ भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा लिइएको छ ।
चलचित्रको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन् । कलाकारमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

पटकथा ध्रुव लम्सालले लेखेका हुन् भने छायांकन सुदीप बरालले गरेका छन् । चलचित्रको वितरण रिच, एप्पल र एफडीले गर्ने भएका छन् । निर्देशक थापाले चलचित्रबारे भनिन्, ‘यो प्रेमकथा मात्रै होइन, जीवनका विभिन्न आयामहरू समेटिएको कथा हो । दर्शकले आफ्नै अनुभूति भेट्ने विश्वास लिएको छु ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ