🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पदक विजेता खेलाडीहरूलाई नगदसहित काठमाडौं महानगरपालिकाबाट सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

मिति २०८३ वैशाख ९ गते बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी. र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनीहरूलाई सम्मान गरेकी हुन् । खेलकुदमार्फत राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पु¥याए बापत उनीहरूलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा क्योकुसिन तेजुका वल्र्ड कप रजत पदक विजेता दावा शेर्पा छन् । जापानको सेन्दाइ तथा फुकुओकामा २०२५ फेब्रुअरी २१ गतेदेखि २५ गतेसम्म आयोजना भएको चौथो क्योकुसिन तेजुका वल्र्ड कपमा शेर्पाले नेपाल क्योकुसिन कराँते (इको) संघका तर्फबाट भाग लिएका थियो । उनीलाई १ लाख ५० हजार रुपियाँ नगदसहित सम्मान गरिएको हो ।

यस्तै सन् २०२५ नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म संयुक्त राज्य इमिरेट्स दुबई आयोजना भएको मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापालाई १ लाख रुपियाँ नगदसहित सम्मान गरियो । ५४ के। जी। तौल समूहमा प्रतिस्पर्धा गरेका थापाले इन्डोनेसियाको अरमानिया र क्वाटर फाइनलमा इरानलाई पराजित गरेर कास्य पदक प्राप्त गरेका थिए ।

सम्मान अवसरमा खेलका प्रशिक्षकहरूलाई समेत सम्मानित गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ