🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हर्मुज बन्द हुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

काठमाडौं । हर्मुज जलमार्ग बन्द हुँदा इरानले ठूलो आर्थिक नोक्सानी बेहोरिरहेको र भित्रभित्रै यो मार्ग खोल्नका लागि हारगुहार गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले दैनिक ५० करोड डलर गुमाइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन,‘इरान हर्मुज जलमार्ग बन्द भएको चाहँदैन, उनीहरू यो खुला होस् भन्ने चाहन्छन् ताकि उनीहरूले दैनिक ५० करोड डलर कमाउन सकुन् । जलमार्ग बन्द भएकोले उनीहरूले अहिले त्यति नै रकम गुमाइरहेका छन् ।’

ट्रम्पका अनुसार इरानले सार्वजनिक रूपमा जलमार्ग बन्द गर्ने जुन धम्की दिइरहेको छ, त्यो केवल विश्वसामु आफ्नो इज्जत जोगाउने नाटक मात्र हो । उनले थपे, ‘उनीहरू केवल इज्जत जोगाउन जलसन्धि बन्द गर्न चाहन्छौँ भनिरहेका छन । किनकि मैले यसलाई पूर्ण रूपमा नाकाबन्दी गरिदिएको छु ।’

राष्ट्रपति ट्रम्पले केही व्यक्तिहरूले आफूलाई भेटेर इरानको तर्फबाट सन्देश ल्याएको पनि खुलासा गरेका छन् । चार दिनअघि केही मानिसहरूले आफूलाई भेटेर ईरान जलमार्ग खोल्न तयार रहेको बताएको ट्रम्पले दाबी गरेका छन् ।

-एएनआई

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ