🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठगीमा संलग्न रहेको अभियोगमा निर्दोष सापकोटा  पक्राउ

काठमाडौं, ८ वैशाख ।  ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका संचालक काठमाडौं पेप्सीकोला बस्ने इलाम सूर्योदय नगरपालिका-१२ तीनघरे घर भएका २३ वर्षीय निर्दोष सापकोटालाई २०८३ वैशाख ६ गते आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सापकोटाले सामाजिक संजाल फेसबुक, टिकटक र इन्स्ट्राग्राममा स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिको पेजबाट वैदेशिक भ्रमणको लागि थाईल्याण्ड जान सम्पर्क गर्नु भनि विज्ञापन राखि थाईल्याण्डमा जान भिषा, हवाई टिकट, होटल बुकिङ, गाईड समेतको सुबिधा छ भनेर झुक्याएर ठगी गरेकाे प्रहरीले बताएकाे छ ।

सो भ्रमण प्याकेज १ हप्ताको हुन्छ भनि जानको लागि लाग्ने रकम उक्त प्रालिको नाममा रकम पठाउन लगाई विभिन्न किसिमको बरबहानाहरू बनाई टार्ने झुलाउने कार्य गरी ठगी गरेको खुल्न आएको छ ।  साथै उनले नक्कली टिकट र भिसा बनाई झुक्यानमा पार्ने गरेको र हाल सम्म २६ जना पीडितहरूबाट १६ लाख ६० हजार रूपैयाँ ठगी गरेको समेत खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *