🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो । यस अवधिमा १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन् ।
गत आवको सोही अवधिको तुलनामा यस वर्ष स्मार्टफोन आयातको ग्राफ निकै माथि देखिएको छ । विभागका अनुसार गत वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।

उक्त समयमा १५ लाख ८४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यस वर्ष स्मार्टफोन आयातको संख्यामा करिब ९० हजार थानले वृद्धि भएको छ भने मूल्यका आधारमा झण्डै साढे ८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ ।
तथ्यांकलाई हेर्दा नेपाली बजारमा महँगा र आधुनिक स्मार्टफोनको माग बढ्दै गएको देखिन्छ ।

सरकारले विलासिताका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटेसँगै र बजारमा नयाँ मोडलका फोनहरूको उपलब्धता बढेसँगै स्मार्टफोन आयातको तथ्यांक उकालो लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *