🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२०औँ वर्षमा प्रवेश गर्‍यो सिटिजन्स बैंक

१९औँ वार्षिकोत्सवका अवसरमा प्रभातफेरी, रक्तदान र निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, वैशाख ८ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड २०८३ वैशाख ७ गतेबाट १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ। २०६४ साल वैशाख ७ गते नेपालका २०औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको बैंकले सोमबार १९औँ वार्षिकोत्सव विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमका साथ मनाएको हो।

बैंकले १९ वर्षको अवधिमा २० लाख ११ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले करिब २ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ। बैंकका प्रदेश कार्यालय सातै प्रदेशमा आफ्नै भवनबाट सञ्चालनमा छन् भने हाल देशभर २०० शाखा मार्फत सेवा दिइरहेको छ।

वार्षिकोत्सवका अवसरमा बैंकले सातै प्रदेशमा करिब ९४६ कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको जनाएको छ। यसबाट सर्वसाधारणमा वित्तीय साक्षरतासम्बन्धी जनचेतना फैलाउने अपेक्षा गरिएको बैंकको भनाइ छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी सातै प्रदेशका २० शाखामार्फत ५५० जनाको सहभागितामा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ। “रक्तदान नै जीवनदान” भन्ने नारासहित गरिएको उक्त कार्यक्रमले रगत अभाव न्यूनीकरणमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

त्यसैगरी, वार्षिकोत्सवकै अवसरमा कोशी प्रदेशको दिक्तेल शाखा, बागमती प्रदेशका तेमाल र लामाबगर शाखा, लुम्बिनी प्रदेशका बेलाटारी र साउ फर्साटीकर शाखा, गण्डकी प्रदेशका धारापानी र बेनी शाखा, कर्णाली प्रदेशको जुफाल शाखा तथा सुदूरपश्चिम प्रदेशको अमरगढी शाखा मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ। शिविरबाट करिब ५०० सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि निःशुल्क पाएका छन्।

बैंकले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री सेवा दिने उद्देश्यले मोबाइल बैंकिङमार्फत केवाईसी विवरण अनलाइनबाट पुनः अद्यावधिक गर्ने सुविधा सुरु गरेको पनि जनाएको छ। अब ग्राहकले शाखामा उपस्थित नभई आफ्नै मोबाइल बैंकिङ प्रयोग गरी विवरण अद्यावधिक गर्न सक्नेछन्।

यसैगरी, बैंकले नेपालमै पहिलोपटक API आधारित व्यावसायिक बैंकिङ प्रणाली सञ्चालनमा ल्याएको दाबी गरेको छ। यस प्रणालीमार्फत ग्राहकको ERP प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जोडेर रियल टाइम ब्यालेन्स जाँच तथा स्टेटमेन्ट हेर्न सकिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ।

फिनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा बैंकले मर्चेन्ट एसएमई, मिड एसएमई तथा कर्पोरेट ग्राहक लक्षित “फिनपे कर्पोरेट सोलुसन्स” सेवा समेत सञ्चालनमा ल्याएको जनाएको छ। यसबाट मोबाइल, कम्प्युटर वा API आधारित प्रणालीमार्फत बैंक शाखामा भौतिक उपस्थितिविना नै भुक्तानी तथा निक्षेपसम्बन्धी कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले हाल देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, बैंकले “बैंक अफ द इयर २०२४” र “बैंक अफ द इयर २०२५” उपाधि प्राप्त गरेको पनि उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *