🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हेटौँडा सडक डिभिजनको अल्टिमेटम : सडक सीमाभित्रका अवैध संरचना हटाउन वैशाख १० सम्मको समय

रौतहट । सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको छ ।

कार्यालयले मिति २०८३ वैशाख ७ गते सोमबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै वैशाख १० गतेभित्र ती संरचनाहरू हटाउन सम्बन्धित सबैलाई सूचित गरेको छ ।
यसअघि पनि २०७३/०९/१८ र २०८०/०३/०९ लगायतका विभिन्न मितिहरूमा सूचना जारी गर्दा समेत संरचनाहरू नहटाएपछि डिभिजनले पुनः यो ताकेता गरेको हो । विशेष गरी बाराको पथलैयादेखि चुरिया माई मन्दिरसम्मको क्षेत्रमा सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मिटरभित्र पर्ने संरचनाहरू अझै हटाइएको छैन ।

यद्यपि तोकिएको समयभित्र अटेर गरी संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुन बमोजिम संरचना हटाइने र सोको खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने कार्यालयले जनाएको छ ।

डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार, सडक विस्तार र सुरक्षाका लागि यी संरचनाहरू हटाउनु अनिवार्य छ । प्रशासनले सूचनालाई बेवास्ता गर्नेलाई कडा कानुनी कारबाही गरिने समेत स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *