🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चन्द्रगढी महिला गोल्डकप : नेपाल पुलिस क्वाटरफाइनलमा

भद्रपुर (झापा), ७ वैशाख : नेपाल पुलिस क्लब मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित ८० मिनेटको खेलमा उपाधि दाबेदार मानिएको पुलिसले आयोजक चन्द्रगढी युवा क्लबमाथि ६–० को सहज जित निकालेको हो ।

खेलको ‘प्लेयर अफ द म्याच’ रेखा पौडेल घोषित भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलमा पुलिसले भारतको लक्ष्मीबाई स्पोट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार सशस्त्र प्रहरीको एपिएफ क्लब र ओखलढुङ्गाको पद्मा स्पोर्टिङ क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *