🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुरेश बस्नेतको नयाँ गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक(भिडियाेसहित)

काठमाडौं । गायक सुरेश बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक गरिएको छ। गोविन पुनको शब्द तथा संगीतमा तयार भएको उक्त गीत अमेरिकामा चिकित्सक पेशामा आवद्ध जोडी सुरेश बस्नेत र रेहा पोखरेलको वास्तविक जीवनकथामा आधारित छ।

‘दुई मुटु, एक यात्रा’ भन्ने थिममा निर्माण गरिएको गीतको भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा श्रीमान्–श्रीमतीको भूमिकामा सुरेश र रेहाले नै अभिनय गरेका छन्।

विक्रान्त मान श्रेष्ठक्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको भिडियोमा साहिल खानको सम्पादन र प्रविण श्रेष्ठको पटकथा रहेको छ। छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रा.लि. र अमेरिकामा पशुपति बस्यालले गरेका हुन्।

महँगो लागतमा भिडियो तयार पारिएको बताउँदै गायक तथा मोडल सुरेशले भनेका छन्, “हामीले पैसाका लागि भन्दा पनि गीत–संगीतप्रतिको अथाह प्रेमका कारण दर्शकमाझ प्रेमको कोशेली सार्वजनिक गरेका हौं। यो गीत र भिडियोले दर्शकको मन छुनेछ भन्ने विश्वास छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *