🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ ।

मिति २०८३ वैशाख ७ गते सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।
‘दोस्रो महामन्त्रीको रुपमा भूपदेव शाह मनोनयन अनुमोदन हुनुभएको छ,’उनले भने

त्यस्तै रास्वपाले सचिवालयमा दुई जना सदस्य थप गर्दै सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने निर्णय गरेको पनि उनले जानकारी दिए ।
उनले भने,‘हाम्रो सचिवालय सदस्यमा दुई जना सदस्यहरु थपिनुभएको छ । केन्द्रीय सदस्य रहनुभएको सागर ढकाल र केन्द्रीय सदस्य नै रहनुभएको सरिता श्री ज्ञवाली हुनुहुन्छ ।’

त्यस्तै उनको अनुसार सांसदहरूको लेवी घटाउने निर्णय पनि बैठकले गरेको छ । गृहमन्त्री सुदन गुरुङको विषयमा भने बैठकमा कुनै छलफल नभएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *