🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले २०८३ बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ । २०८३ वैशाख ६ गते आइतबार बसेको सचिवालय बैठकले बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले बैठकले पार्टीले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको छ ।

त्यस्तै, रास्वपाको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक वोहरालाई नियुक्त गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी पार्टी उपसभापति तथा हाल सभामुख डीपी अर्यालसँग रहेको थियो।

अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएकाले उक्त पद रिक्त रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *